आईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको नेपाल र वेस्टइन्डिजबीचको अभ्यास खेल वर्षाको कारण रद्द

 माघ ३, २०८० बुधबार ६:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको अभ्यास खेलमा नेपाल र वेस्ट इन्डिजको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हिजो नेपालले टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेको थियो । वेस्टइन्डिजले ८ ओभर ३ बलमा १ विकेट गुमाउँदै ३३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । 

योसँगै नेपालको दक्षिण अफ्रिकामा १९ वर्ष मुनिको विश्वकपको तयारी पनि सकिएको छ । यसअघि नेपालले गएको शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

१९ वर्ष मुनिको विश्वकप आउँदो शुक्रवारदेखि शुरु हुनेछ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया