चन्द्रागिरि नगरपालिकाको आफ्नो छुट्टै नगर अस्पतालको शिलान्यास

 माघ ४, २०८० बिहिबार १५:१६:५५ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको आफ्नो छुट्टै नगर अस्पतालको शिलान्यास भएको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याललगायतले संयुक्तरूपमा भवनको हिजो शिलान्यास गर्नुभयो । उपमेयर श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

नगरपालिकाले वडा नम्बर ४ गोदामचौर थानकोटमा अहिले सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’ को हाताभित्रै थप १५ शय्याको नगर अस्पताल बन्दैछ । मन्त्रिपरिषद्को गएको फागुन ४ गतेको बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । गएको असार २० गते चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा २ वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रुपैयाँमा ३ तले भवन बन्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया