प्रधानमन्त्री कप : मधेस र सुदूरपश्चिम, बाग्मती र कर्णाली तथा एपीएफ र पुलिस खेल्दै

 माघ ८, २०८० सोमबार ८:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् । त्रिवि क्रिकेट मैदानमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।

मूलपानी क्रिकेट मैदानमा बाग्मती प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदैछ भने अर्को खेल भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच हुँदैछ ।

अहिलेसम्म खेलेका तीनवटै खेल जितेकाे सुदूरपश्चिम तालिकाको पहिलो र नेपाल पुलिस क्लब दोस्रो स्थानमा छन् । पाँचमध्ये तीन खेल जितेकाे बाग्मती प्रदेश तेस्रो स्थानमा र मधेस प्रदेश रन रेटको आधारमा चौथो स्थानमा छ । तीनमध्ये दुई खेल जितेको एपीएफ क्लब पाँचौँ स्थानमा छ । चार खेलमा दुई खेल मात्र जितेको कर्णाली प्रदेश सातौँ स्थानमा छ । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ।    

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया