प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती र पुलिस विजयी

 माघ ८, २०८० सोमबार १५:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । बाग्मती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बाग्मतीले कर्णालीलाई ७ विकेटले हरायो ।

कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बाग्मतीले ३ विकेट गुमाएर २ सय २२ बलअघि नै भेटायो । बाग्मतीका ईशान पाण्डेले ४० रन बनाए । कर्णालीका दिवन पुनले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २४ ओभर २ बलमा ७८ रनमै समेटियो । कर्णालीका अर्जुन घर्तीले २३ रन बनाए । बाग्मतीका रिजन ढकालले ५ विकेट लिए ।

यो जितसँगै बाग्मती ६ खेलमा ८ अङ्क जोड्दै दोस्रो स्थानमा छ । कर्णाली ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले हराएको छ । पुलिसले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रन बनाउँदा अल आउट भयो । एपीएफका सन्दीप जोराले नट आउट २५ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिस ४१ ओभरमा १ सय ४५ रन बनाउँदा अल आउट भयो । पुलिसका दिलिप नाथले ४४ रन बनाए । एपीएफका भुवन कार्कीले ३ विकेट लिए ।

यो जितसँगै पुलिस ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफ ४ अङ्कसहित छैँटौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया