मधेसले सुदूरपश्चिमलाई ८० रनले हरायाे

 माघ ८, २०८० सोमबार १८:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएकाे छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मधेसले सुदूरपश्चिमलाई ८० रनले हरायो ।

मधेसले दिएको ३ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ ओभर ५ बलमा २ सय ३९ रनमा अल आउट भयो । सुदूरपश्चिमका नरेन भट्टले शतक बनाए । नरेन १ सय २२ बलमा १ सय २१ रन बनाएर आउट भए । मधेसका राजेश यादव र पवन सर्राफले समान ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १९ रन बनायो । मधेसका मयन यादवले शतक बनाए । मयन १ सय २८ बलमा १ सय १५ रन बनाएर आउट भए । यस्तै पवन सर्राफले ७० रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए ।

यो जितसँगै मधेस ६ खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया