१९ वर्षमुनिको विश्व कप क्रिकेट : बङ्गलादेशले आयरल्यान्डलाई ६ विकेटले हरायाे

 माघ ९, २०८० मंगलबार ७:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको छ ।

दोस्रो खेलमा बङ्गलादेशको यो पहिलो जित हो । पहिलो खेलमा बङ्गलादेश भारतसँग पराजित भएको थियो । २ सय ३६ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले ४६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

बङ्गलादेशका मोहम्मद शिहाव जेम्सले नकआउट अर्धशतक पूरा गरे । ६३ बल खेलेका उनले ३ चौका र १ छक्काकासाथ ५५ रन बनाएका थिए । अरर अमिमले नटआउट ४५, ओपनर असिकुर रहमान शिब्लीले ४४ अर्का ओपनर अदिल विन सिद्धिकले ३६, चौधुर मोहम्मद रिजवाले २१ र अरिफुल इस्लामले १३ रन बनाएका थिए ।

आयरल्यान्डका स्कट म्याकबेथले २, जोन म्याकनेली र म्याथु विल्डनले समान १ विकेट लिए । त्यसअघि बङ्गलादेशले टस जितेर आयरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३५ रन बनाएकोे थियो । उसका लागि केन हिल्टनले सर्वाधिक ९० रन बनाएका थिए । आयरल्यान्डले पहिलो खेलमा अमेरिकालाई हराएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया