प्रधानमन्त्री कप क्रिकेटमा कोशीको लगातार सातौँ हार

 माघ ९, २०८० मंगलबार १५:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार सातौँ खेलमा पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । कर्णालीका अर्जन घर्तीले नट आउट ५० रन बनाए । कोशीका हेमन्त राईले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ३४ ओभर ३ बलमा १ सय ५१ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७३ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ र प्रकाश जैशीले ३ विकेट लिए ।

याे जितसँगै कर्णालीले ६ खेलमा ६ अङ्क जाेडेकाे छ । जितविहीन काेशी तालिकाकाे पुछारमा छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया