प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र गण्डकी विजयी

 माघ ९, २०८० मंगलबार १८:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४ विकेटले हरायो ।

एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले नट आउट ३४ रन बनाए । एपीएफका रमेश कुर्मीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफ ३२ ओभर ४ बलमा १ सय २१ रनमा अल आउट भयो । एपीएफका कप्तान रोहित पौडेलले ५९ रन बनाए । आर्मी ६ अङ्कसहित तालिकाको चौथो र एपीएफ ४ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै कीर्तिपुरमा भएको खेलमा गण्डकी प्रदेशले बाग्मती प्रदेशलाई ३ विकेटले हरायो । बाग्मतीले दिएको १ सय ९९ रनको लक्ष्य गण्डकीले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । गण्डकीका करण पङ्गेनीले ७९ रन बनाए । बाग्मतीका प्रतिस जीसीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मती ४९ ओभर १ बलमा १ सय ९८ रनमा अल आउट भयो । बाग्मतीका आशुतोष घिरैयाले ४४ र ईशान पाण्डेले ४३ रन बनाए । गण्डकीका कमल परियारले ४ विकेट लिए । बाग्मती ८ अङ्कसहित दोस्रो र गण्डकी ४ अङ्कसहित आठौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया