आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र न्युजिल्याण्ड विजयी

 माघ १०, २०८० बुधबार ६:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दोस्रो जित निकालेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा घरेलु टोलीविरुद्ध २ सय ३१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड वर्षाले खेल स्थगित भएपछि डीएल प्रणालीबाट विजयी भएको हो ।

इंग्ल्याण्डले लक्ष्य पछ्याउने क्रममा २८ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । त्यसपछि खेल नहुँदा इंग्ल्याण्ड डीएल मेथडमा ३६ रनले विजयी भयो । जितसँगै समूह बीमा इंग्ल्याण्ड ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने पहिलो हार व्यहोरेको दक्षिण अफ्रिका २ अङ्कका साथ दोस्रो स्थानमा छ । यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरको ४ बल बाँकी हुँदा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।

यस्तै हिजै भएको अर्काे खेलमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा नेपाललाई पराजित गरेको न्युजिल्याण्डले देस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो । अफगानिस्तानले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २१ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९१ रन बनाएको थियो । ९२ रनको सामान्य लक्ष्य पच्छ्याएको न्युजिल्याण्डले २८ ओभर २ बलमा ९ विकेट गुमाएर खेल जितेको हो । १९ वर्ष मुनिको विश्वकपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया