एसियन कप फुटबलमा भारत प्रतियोगिताबाट बाहिरियो

 माघ १०, २०८० बुधबार ६:३३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसियन कप फुटबलमा भारत समूह चरणको सबै खेलमा हारेर प्रतियोगिताबाट बाहिरिएको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले हारेपछि भारतले सबै खेल हारेको हो ।

यस्तै समूह बी को अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान १–१ को बराबरी खेल्दै समूहको पहिलो र दोस्रो हुँदै नकआउटमा पुगेका छन् । अष्ट्रेलियाको  ३ खेलमा ७ अङ्क छ भने उज्वेकिस्तानको ५ अङ्क छ । सिरिया ४ अङ्क सहित तेस्रो स्थानमा छ ।

यसैबीच, गएराति भएको समूह सी को खेलमा प्यालेस्टाइनले हङकङलाई ३–० गोलले हराएको छ । अर्को खेलमा इरानले युनाइटेड अरब इमिरेट्स यूएईलाई २–१ गोलले हराएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया