प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौँ जित, कोशीको लगातार आठौँ हार

 माघ १०, २०८० बुधबार १५:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो ।

मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । पुलिसका सुनिल धमलाले २८ रन बनाए । मधेसका रञ्जित कुमार र अरनिकाे यादवले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मधेस २४ ओभरमा ९६ रनमा अल आउट भयो । मधेसका अरनिको यादवले २३ र कप्तान हरिशङ्कर शाहले २२ रन बनाए । पुलिसका सागर ढकालले ५ र ललित राजवंशीले ४ विकेट लिए ।

यस्तै कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले हरायो । प्रतियोगितामा कोशीको यो लगातार आठौँ हार हो ।

कोशीले दिएको १ सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका नरेन भट्ट ५४ र प्रकाश पाण्डे ३४ रनमा नट आउट रहे । कोशीका फिर्दाेश अन्सारीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कोशी ३२ ओभरमा १ सय २३ रन बनाउँदा अल आउट भयो । कोशीका मीनाश थापाले २६ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ५ र विकाश आग्रीले ४ विकेट लिए । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । प्रतियोगितामा जितविहीन कोशी पुछारमा छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया