पाकिस्तानसँगकाे खेलमा नेपाल ब्याटिङ गर्दै, अर्जुन कुमाल र आकाश त्रिपाठी समान ६ रन बनाएर आउट

 माघ १०, २०८० बुधबार १५:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले टस जितेकाे छ ।

दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेकाे नेपालले याे समाचार तयार पार्दासम्म १४ ओभरमा २ विकेट गुमाएर ६७ रन बनाएकाे छ । नेपालका अर्जुन कुमाल र आकाश त्रिपाठी समान ६ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान देव खनाल र बिपिन रावल छन् । पाकिस्तानका अहमद हुसैनले २ विकेट लिए ।

यसअघि नेपाल पहिलाे खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह 'डी' मा रहेकाे नेपालले अब पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियाेगितामा अहिले श्रीलङ्का र नामिबिया तथा वेस्ट इन्डिज र स्कटल्यान्डबीच पनि खेल भइरहेकाे छ ।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया