नेपालले दियाे पाकिस्तानलाई १ सय ९८ रनकाे लक्ष्य

 माघ १०, २०८० बुधबार १८:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भएको खेलमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनायो । नेपालका बिपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २० रन जोडे । पाकिस्तानका अरफत मिनहासले ३ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले अब पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया