आहा रारा गोल्डकपमा मच्छिन्द्र र जावलाखेल पहिलो पटक खेल्दै

 माघ ११, २०८० बिहिबार १२:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरामा जारी २३औँ आहा रारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा हुने खेलमा अहिलेसम्म कुनै पनि संस्करणमासँगै नखेलेका मच्छिन्द्र र जावलाखेलबीच खेल हुन लागेको हो ।

आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । अन्तिम ५ का लागि आजको विजेता टाेलीले यही माघ १५ गते मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ ।

आहा राराको २३औँ संस्करणसम्म आइपुग्दा दुवै टोली उपाधिविहीन छन् । प्रतियोगितामा अहिलेसम्म क्वार्टरफाइनल अघिका २ वटा खेल भइसकेका छन् । जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया