प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकाे तेस्राे जित

 माघ ११, २०८० बिहिबार १५:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो जित हात पारेको छ । भैरहवामा आज भएको खेलमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हरायो ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य एपीएफले २२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ५२ रन बनाए । लुम्बिनीका मोहम्मद हुसैन, कृष्ण कार्की र इकलाख अहमदले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले नट आउट ३९ रन बनाए । एपीएफका रमेश कुर्मीले ५ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो लगातार चौथो हार हो । एपीएफ ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । लुम्बिनी २ अङ्कसहित नवौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया