प्रधानमन्त्री कप क्रिकेट : मधेस र बाग्मती विजयी

 माघ ११, २०८० बिहिबार १८:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा मधेस प्रदेश र बाग्मती प्रदेश विजयी भएका छन् ।

कीर्तिपुरमा आज भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई १ सय ४५ रनले हरायो । मधेसले दिएको ३ सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९ ओभर ५ बलमा १ सय ९० रनमा अल आउट भयो । मधेसका रन्जित कुमारले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३५ रन बनायो । मधेसका अनिल साहले शतक बनाए । अनिल १ सय २५ बलमा १ सय २७ रन बनाएर आउट भए । यस्तै अरनिको यादवले नट आउट ६३ रन जोडे । मधेस १० अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । गण्डकी ४ अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै आजै मूलपानीमा भएको खेलमा बाग्मतीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हरायो । बाग्मतीले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३० ओभर ३ बलमा १ सय ५० रनमा अल आउट भयो । बाग्मतीका सूर्य तामाङ र विपिन आचार्यले समान ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बाग्मतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन बनायो । बाग्मतीका आशुतोष घिरैयाले ५४ रन बनाए । सुदूरपश्चिमका नारायण जोशी र शेर मल्लले समान ३ विकेट लिए । बाग्मती १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम ८ अङ्कसहित पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया