हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्न सकिने सेनाको निष्कर्ष

 माघ १७, २०८० बुधबार १५:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको जानकारी लिनुभएको हो । नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन सेनाले आजै सरकारलाई बुझाएको छ । २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०५६ सालदेखि बन्द भएको हो ।

प्रतिवेदनमा उद्योग बन्द हुनुको कारण बजारको कमजोर व्यवस्थापन, प्रविधिको समयअनुसार सुधार हुन नसक्नु, बिजुली अभाव, धेरै जनशक्ति र व्यवस्थापकीय क्षमता कम हुनु रहेको उल्लेख । धेरैजसो कच्चा पदार्थ देशमै हुनु, उद्योगको स्वामित्वमा एक सय ६६ रोपनी जग्गा हुनु, उद्योगको न्यूनतम पूर्वाधार हुनु, स्थानीय उत्पादनको माग बढ्नु लगायतका कारण उद्योग सञ्चालन गर्न सकिने सेनाको प्रतिवेदनमा भनिएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया