अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ : शशांक काेइराला

 माघ १८, २०८० बिहिबार १८:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी – नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको आरोप लगाउँदै अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको छ ।

नवलपरासीको कावासोतीमा भएको कार्यक्रममा नेता कोइरालाले प्रचण्ड सरकार असफल भएकाले अब पूर्व सहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री आफ्ना कामबाट आफै सन्तुष्ट नभएको कोइरालाको भनाइ छ ।

माधव नेपालपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै शशांक कोइरालाले गठबन्धनका सबै दलहरूले पूर्व सहमति पालन गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया