राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खाेज्दा राजनीतिक दबाब आयाे : गृहमन्त्री श्रेष्ठ

‘अपराध, ठगीमा राजनीतिमा जाेडिएकाे मान्छे पर्‍याे भने नेताहरू कराउन थाल्छन्’

 माघ १९, २०८० शुक्रबार १५:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताउनुभएको छ ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले अपराध गर्नेहरूलाई कारबाही गर्न खोज्दा निरन्तर हस्तक्षेप भइरहेको बताउनुभयो । कुनै अपराध, ठगी, जालसाजीमा राजनीतिमा जोडिएको मान्छे पर्‍याे भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्ने गरेको उहाँको भनाइ छ ।

गल्ती, अपराध गर्नेहरूलाई कारबाही गर्न थाल्ने बित्तिकै उद्योगी व्यवसायीहरूले वक्तव्यबाजी शुरु गर्ने गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन नसकिने बताउनुभयो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेलगत्तै नेपाल उद्योग परिसङ्घले पत्रकार सम्मेलन गरेर व्यापारी चौधरीलाई प्रहरीले अकस्मात् पक्राउ गरेर निजी क्षेत्रको मानमर्दन गरेको बताएको थियो ।

अहिले व्यवसायी चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा अस्वस्थ रहेको भन्दै ग्रान्डी अस्पताल पुर्‍याइएकाे छ । काठमाण्डौ जिल्ला अदालतले पक्राउ परेको तीन जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया