प्रिमियर लिगमा लिभरपुललाई आर्सनलले ३–१ गोलले हरायो

 माघ २२, २०८० सोमबार ६:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको लिभरपुललाई दोस्रो स्थानमा रहेको आर्सनलले हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली आर्सनलले लिभरपुरलाई ३–१ गोलले हराएको हो । अङ्क तालिकामा लिभरपुल २३ खेलमा ५१ अङ्कसहित शीर्ष स्थानमा कायम नै छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अङ्क छ । जितपछि आर्सनलले शीर्ष स्थानको दूरी भने घटाएको हो ।

यस्तै, हिजै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई ३–० को गोल अन्तरले हराएको छ । यो जितसँगै म्यान्चेस्टर युनाइटेड २३ खेलमा ३८ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । वेस्ट ह्याम समान २३ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ ।

यसैगरी हिजो नै उल्भ्सले चेल्सीलाई  ४–२ गोलले हराएको छ । चेल्सी २३ खेलमा ३१ अङ्कसहित ११औँ स्थानमा छ । उल्भ्स समान खेलमा ३२ अङ्कसहित चेल्सीभन्दा एक स्थान माथि छ । बर्नमाउथ र नटिङ्घम फरेस्टले भने १–१ गोलको बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया