दाेस्राे टेस्टमा भारतले इङ्ल्यान्डलाई १ सय ६ रनले हरायो, ५ खेलको शृङ्खलामा १–१ को बराबरी

 माघ २२, २०८० सोमबार १५:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – दोस्रो टेस्ट क्रिकेटमा भारतले इङ्ल्यान्डलाई १ सय ६ रनकाे फराकिलाे अन्तरले हराएको छ ।

विशाखापटनमा जितका लागि ३ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिनको चिया समयअघि २ सय ९२ रन बनाउँदा अल आउट भयो ।  इङ्ल्यान्डका ज्याक क्रलीले ७३ रन बनाए । भारतका जसप्रित बुमराह र रविचन्द्रन अश्विनले समान ३ विकेट लिए ।

दोस्रो इनिङ्समा भारत २ सय ५५ रनमा अल आउट भएको थियो । भारतका शुभमन गिलले शतक बनाए । इङ्ल्यान्डका टस हार्टलीले ४ र रेहान अहमदले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३ सय ९६ रन बनाएको थियो । भारतका यशस्वी जयसवालले दोहोरो शतक बनाए । इङ्ल्यान्डका जेम्स एन्डरसन, सोएब बशिर र रेहान अहमदले समान ३ विकेट लिए ।

इङ्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५३ रनमा समेटिन पुग्यो । इङ्ल्यान्डका ज्याक क्रलीले ७६ रन बनाए । भारतका जसप्रीत बुमराहले ६ विकेट लिए ।

यो जितसँगै भारतले ५ खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल इङ्ल्यान्डले २८ रनले जितेको थियो । तेस्रो टेस्ट क्रिकेट फेब्रुअरी १५ देखि राजकोटमा शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया