एकमात्र टेस्ट क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई १० विकेटले हरायाे

 माघ २२, २०८० सोमबार १८:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानसँगको एकमात्र टेस्ट क्रिकेटमा श्रीलङ्का १० विकेटले विजयी भएको छ ।

अफगानिस्तानले दिएको ५६ रनको सामान्य लक्ष्य श्रीलङ्काले चौथो दिनको खाना समयपछि ४४ बलमै भेटायो । श्रीलङ्काका दिमुथ करुनारत्नेले ३२ र निशान मदुश्काले २२ रन बनाए ।

अफगानिस्तान दोस्रो इनिङ्समा २ सय ९६ रन बनाउँदा अल आउट भएको थियो । अफगानिस्तानका इब्राहिम जद्रानले शतक र रहमत शाहले अर्धशतक रन बनाए । श्रीलङ्काका प्रभात जयसूर्याले ५ विकेट लिए ।

यसअघि कोलम्बोमा टस हारेर ब्याटिङ गरेको अफगास्तिान पहिलो इनिङ्समा १ सय ९८ रनमा समेटियो । अफगानिस्तानका रहमत शाहले ९१ रन बनाए । श्रीलङ्काका विश्व फर्नान्डोले ४ विकेट लिए ।

श्रीलङ्काले पहिलो इनिङ्समा ४ सय ३९ रन बनाएको थियो । श्रीलङ्काका एन्जेलो म्याथ्युज र दिनेश चन्डीमालले शतक बनाए । यस्तै दिमुथ करुनारत्नेले अर्धशतक बनाए । अफगानिस्तानका नवीद जद्रानले ४ विकेट लिए ।

यी दुईबीच तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० क्रिकेट शृङ्खला पनि हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया