प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै सिटी दोस्रो स्थानमा : फिल फोडेनको ह्याट्रिक

 माघ २३, २०८० मंगलबार ६:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ । गएराति भएको खेलमा सिटी ३–१ गोलले विजयी भयो ।

सिटीका फिल फोडेनले ह्याट्रिक गरे । उनले पहिलो हाफको अन्तिमतिर र दोस्रो हाफको ५३ र ७०औँ मिनेटमा गोल गरे  । तर खेलमा ब्रेन्टफोर्डले २१औँ मिनेटमा बनाएको अग्रतालाई जोगाउन सकेन ।

जितसँगै सिटी २२ खेलमा ४९ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेलमा ५१ अङ्क रहेको लिभरपुल शीर्ष र समान खेलमा ४९ अङ्क रहेको आर्सनल तेस्रो स्थानमा रहेको छ । सिटीसँग पराजित ब्रेन्टफोर्ड २२ खेलमा २२ अङ्कसहित पन्ध्रौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया