१९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुग्न आज भारत र दक्षिण अफ्रिका खेल्दै

 माघ २३, २०८० मंगलबार १०:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र घरेलु टोली दक्षिण अफ्रिका खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बेनोनीमा शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सेमिफाइनलको दोस्रो खेलमा पर्सि अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् ।

मौसम या अरु कुनै कारणले सेमिफाइनलका खेल पूरा हुन नसके रिजर्भ डेमा खेल हुनेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ । विश्व कपमा सुपर सिक्सको समूह एकबाट भारत र पाकिस्तान तथा अर्को समूहबाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणमा अफगानिस्तानलाई हराएर सुपर सिक्स खेलेको नेपाली त्यसभन्दा अगाडि बढ्न सकेन । नेपाली टोली हिजो स्वदेश फर्किएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया