वेस्ट इन्डिजमाथि अस्ट्रेलियाकाे 'क्लिन स्वीप'

 माघ २३, २०८० मंगलबार १५:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – वेस्ट इन्डिजसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ ।

क्यानबेरामा आज भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै ३ खेलको शृङ्खलामा 'क्लिन स्वीप' गरेको हो । वेस्ट इन्डिजले दिएको ८७ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले २ विकेट गुमाएर २ सय ५९ बलअघि नै भेटायो । अस्ट्रेलियाका जेक फ्रेसरले ४१ र जोश इङ्लिसले नट आउट ३५ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफ र ओशेन थोमसले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज २४ ओभर १ बलमा ८६ रनमा अल आउट भयो । वेस्ट इन्डिजका अलिक एथान्जेले ३२ रन बनाए । अस्ट्रेलियाका जेभिएर बार्टलेटले ४ विकेट लिए ।

आजको खेल अस्ट्रेलियामा खेलिएकोमध्ये सबैभन्दा छिटो सकिएको पुरुष एकदिवसीय क्रिकेट बनेको छ । अस्ट्रेलिया पहिलो एकदिवसीयमा ८ विकेट र दोस्रो एकदिवसीयमा ८३ रनले विजयी भएको थियो ।

यी दुईबीच आउँदो शुक्रवारदेखि ३ खेलको टी–२० क्रिकेट शृङ्खला हुनेछ । यसअघि भएको २ खेलको टेस्ट क्रिकेट शृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया