म्यानमारका सेनाको मोर्टार प्रहारबाट २ बङ्गलादेशी नागरिकको ज्यान गएपछि तनाव बढ्याे

 माघ २३, २०८० मंगलबार १८:७:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेश र म्यानमारबीचको तनाव फेरि बढेको छ । हिजो म्यानमारको भूमिबाट भएको मोर्टार प्रहारबाट दुई जना बङ्गलादेशी नागरिकको ज्यान गएपछि तनाव बढेको हो । घटनापछि बङ्गलादेशको विदेश मन्त्रालयले म्यानमारका राजदूतलाई बोलाएर जवाफ मागेको छ ।

बङ्गलादेशले अब ज्यादती सहन नसक्ने चेतावनी दिएको छ । म्यानमारको सेना र त्यहाँका विद्रोही समूहबीच बढ्दो द्वन्द्वका कारण बङ्गलादेशका केही सीमावर्ती गाउँमा त्रासको वातावरण सिर्जना भएको छ ।

सन् २०२१ मा म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि आन्तरिक द्वन्द्व बढिरहेको छ । म्यानमारका अराकान विद्रोहीहरूले बङ्गलादेशको सीमावर्ती क्षेत्रका धेरै स्थानहरू कब्जा गरेपछि सेनाले गरेको कारबाहीका क्रममा बङ्गलादेशतर्फ क्षति भइरहेको छ ।

सहायता एजेन्सी डक्टर्स विदाउट बोर्डले अस्ति आइतवार पनि सीमा क्षेत्रमा हिंसात्मक झडप भएको र घाइते भएका १७ जनाको उपचार गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया