नेकपा माओवादी केन्द्रले नेतालाई चार श्रेणीमा विभाजन गरी पुरस्कृत र कारबाही गर्ने

 माघ २९, २०८० सोमबार १८:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई चार श्रेणीमा विभाजन गरी सम्मान र कारबाही गर्न निर्देशन दिनुभएको छ । दुई दिन चलेको केन्द्रीय समिति बैठकका निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले चार महिने माओवादी विशेष रुपान्तरण अभियानमा खट्ने नेता तथा कार्यकर्ताको मूल्यांकन गरी प्रशंसा र कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी अभियानमा पूरै खट्ने नेतालाई प्रशंसापत्र, आधा समय खट्नेलाई धन्यवादपत्र, बेलाबेला देखिएकालाई सचेतपत्र र कार्यक्षेत्रमा नखट्नेलाई कारबाहीपत्र दिन निर्देशन दिनुभएको हो । उहाँले अभियानमा नखट्ने नेताहरुको सूची कारबाहीका लागि पठाउन निर्देशन समेत दिनुभयो ।

अध्यक्ष प्रचण्डले चार महिने रुपान्तरण अभियान र अरु काममा पनि अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताउनुभयो । यस्तै माओवादीको केन्द्रीय समिति बैठकले हिमाल, पहाड, तराई र मधेश प्रदेशमा विशेष अभियान चलाउने निर्णय पनि गरेको छ ।

भोलिदेखि शुरु हुने विधान अधिवेशन सकिएपछि अभियानको योजना बनाउने अध्यक्ष प्रचण्डले बताउनुभयो । यसअघि सञ्चालन गरेको चार महिने अभियान सफल भएको र अब अर्को अभियान चलाउने उहाँको भनाइ छ । बैठकमा अध्यक्ष प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार रहेको यसलाई कसैले रोक्न नसक्ने भन्दै भोलि देशभर दिवस मनाउने बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया