अफगानिस्तानसँगको टी–२० शृङ्खला श्रीलङ्कालाई

 फागुन ८, २०८० मंगलबार ९:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला श्रीलङ्काले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा अफगानिस्तानलाई ७२ रनले हराउँदै घरेलु टोली श्रीलङ्काले २–० ले जितेको हो ।

डम्बुलामा भएको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । श्रीलङ्कामा सदिरा समराविक्रमाले अर्धशतक बनाए ।

अफगानिस्तानका अजमातुल्लाह ओमरजाई र मोहमद नावीले समान दुई /दुई विकेट लिए । जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १७ ओभरमा एक सय १५ रनमा समेटियो । उसका करिम जनातले २८ र मोहम्मद नाबीले २७ रन बनाउनुबाहेक अरुले राम्रो रन बनाउन सकेनन् ।

श्रीलङ्काका एन्जेलो म्याथ्युज, बिनुरा फर्नान्डो, वानिन्दु हसरङ्गा र माटिशा पाथिरानाले समान दुई/दुई विकेट लिए । पहिलो टी–२० मा श्रीलङ्का ४ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल भोलि बेलुका हुनेछ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया