‘चराको स्वर्ग’ भनेर चिनिने पुरैनी ताल संरक्षणको पर्खाइमा

 फागुन २०, २०८० आइतबार १५:२३:१३ | रासस
unn.prixa.net

कञ्चनपुर – बेलौरी नगरपालिका–६ भुराकोटमा रहेको पुरैनी ताल संरक्षणको पर्खाइमा रहेकाे छ । पुरैनी ताललाई स्थानीयवासीले ‘चराको स्वर्ग’ भन्ने गरेका छन् ।

२९ बिघा क्षेत्रफलमा फैलिएको ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका चराहरू हेर्दै मोबाइलमा फोटो खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि आगन्तुक चराहरू घण्टाैँ उडान गरी हिमाल छिचोल्दै ताल क्षेत्रमा पुग्ने गर्दछन् ।

कात्तिक महिनादेखि नै ताल क्षेत्रमा प्रवासी चराको चहलपहल शुरु हुने गरेको स्थानीयवासी वीरबहादुर रावलले बताउनुभयो । गर्मी हुने क्रमसँगै वैशाखदेखि भने प्रवासी चराहरू ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।

सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ हिरुलाल डगौरा बताउनुहुन्छ । कैलाली र कञ्चनपुरका सीमसार क्षेत्रमा रैथाने तथा प्रवासी पक्षी अवलोकनका क्रममा पुरैनी ताल पुग्नुभएका सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीन वटा सर्किटमा गुरुयोजना बनाएर काम अगाडि बढाइरहेको बताउनुभयो ।

बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले ताललाई पुरानै प्राकृतिक अवस्थामा पुर्‍याएरै छाड्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया