हिमाल आरोहणका लागि अनुमति लिने क्रम शुरु

 चैत १७, २०८० शनिबार १८:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – वसन्त ऋतुमा नेपालमा हिमाल आरोहणका लागि अनुमति लिने क्रम शुरु भएको छ । अहिलेसम्म छ वटा हिमालका लागि ६८ जनाले आरोहण अनुमति लिएका पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमा २१ जना महिला आरोही छन् । सबैभन्दा धेरै अन्नपूर्ण हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् ।

यस्तै सगरमाथाका लागि २३ जना, आमाडब्लमका लागि ८ जना, पुथा हिउँचुलीका लागि सात जना, हिम्लुङ हिमालका लागि दुई जना र जुगल ३ हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका विभागले जनाएको छ ।

आरोहीबाट सरकारले चार करोड ६ लाख ५१ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । बैशाख जेठ महिनालाई नेपालमा आरोहणको मुख्य याम मानिन्छ । हिमालमा शरीरलाई अनुकूल बनाउन तथा आरोहणको तयारीका लागि आरोही हिमालका आधार शिविरतर्फ जान थालिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया