दैलेखमा चट्याङ लागेर बालिकाको र पाल्पामा हावाहुरीले रुख ढल्दा युवकको ज्यान गयो

 चैत १८, २०८० आइतबार ६:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – हिजोको हावाहुरी र चट्याङका कारण दैलेख र पाल्पामा दुईजनाको ज्यान गएको छ । दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ ।

हिजो बेलुका परेको चट्याङ लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।

यस्तै हावाहुरी र असिनापानीले रुख ढल्दा लागेर पाल्पामा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका परेको हावाहुरीले तानसेन नगरपालिका–८ डुम्रे नजिकै जरेपिपलमारुख ढल्दा लागेर स्कुटरमा रहेका तानसेनको कैलाशनगरका २० वर्षका भुवन सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया