महालेखापरीक्षकमा तोयम राया सिफारिस

 चैत १८, २०८० आइतबार १३:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अर्थ मन्त्रालयका पूर्व सचिव ताेयम राया महालेखापरीक्षकमा सिफारिस हुनुभएको छ । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

ताेयम राया अहिले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी हुनुहुन्छ । गएको जेठ ८ गते टङ्कमणि शर्मा आफ्नो छ वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि कार्यालय नेतृत्वविहीन छ ।

तत्कालीन राष्ट्रपतिबाट २०७४ जेठ २ गते नियुक्त भएका शर्माले पूरै कार्यकाल बिताउनुभएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया