बाग्मतीका नवनियुक्त ४ जना मन्त्रीले शपथ लिए

 चैत २०, २०८० मंगलबार १८:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाग्मती प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एमालेबाट मन्त्री बनेका केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज शपथ गराउनुभयाे ।

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरी चार जना मन्त्री समावेश गर्नुभएको थियो । केशवप्रसाद पोखरेलले वन तथा वातावरण, रामेश्वर श्रेष्ठले स्वास्थ्य, एकालाल श्रेष्ठले खानेपानी सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विनाविभागीय मन्त्रीमा शपथ गराउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया