बारामा दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन

 चैत २१, २०८० बुधबार १२:५९:५० | रासस
unn.prixa.net

फाइल तस्बिर

बारा – बारामा यस वर्ष धान उत्पादन बढेको छ । बाराका किसानले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन गरेका छन् । गएको वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेका थिए ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकाेमा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो ।

चैते धान १६ हजार हेक्टरमा लगाइएकाेमा ८० हजार मेट्रिक टन उत्पादन भएको थियो । धेरै किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल तीन हजार चार सय रुपैयाँ, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजार रुपैयाँमा बिक्री भएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया