अबको एक हप्ता अधिकतम तापक्रम घट्ने र केही ठाउँमा पानी पर्ने स...
बैशाख २१, २०८१ शुक्रबार
काठमाण्डौ – आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने र अरु ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली, कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । हिजो कास्की, मनाङ र गोरखाका केही ठाउँमा वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो ।
पछिल्लो २४ घण्टामा कास्कीको माछापुच्छ्रे बेसक्याम्पमा ३५ दशमलव २ मिलिमिटर, मनाङमा ५ दशमलव ४ मिलिमिटर र गोरखामा शून्य दशमलव ९ मिलिमिटर वर्षा मापन भएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।