हिजो दिउँसो अशान्त रहेको सुनसरीको हरिनगर क्षेत्र आज शान्त, सर्वदलीय बैठक बस्दै

 चैत २४, २०८० शनिबार ७:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो दिउँसो अशान्त रहेको सुनसरीको हरिनगर क्षेत्र आज शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालयले हरिनगरसहित ५ वटा पालिकामा अर्को सूचना नआउँदासम्म हिजो बेलुका कर्फ्यु आदेश जारी गरेपछि अवस्था शान्त बनेको हो ।

हिजो दिउँसो हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । सुरक्षाकर्मीले भीड र प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा १९ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । घाइते केहीको अहिले पनि स्थानीय अस्पतालमा उपचार भैरहेको र सामान्य घाइते उपचारपछि फर्किएका सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिनुभयो ।

आज बिहान साढे १० बजे सर्वदलीय बैठक बस्दैछ । बैठकपछि अवस्थालाई ध्यानमा राखेर कर्फ्युबारे आवश्यक निर्णय हुने उहाँले बताउनुभयो । अस्ति एसईईको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकादेखि पाँचवटा पालिका हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ । कर्फ्यु आदेश भएका क्षेत्रमा भेला, प्रदर्शन, सभासम्मेलन, धार्मिक कार्य गर्न रोक लगाइएको छ ।

ती क्षेत्रमा अत्यावश्यक अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरिएको छ । पूर्व पश्चिम राजमार्गमा अहिले नियमित रुपमा गाडी चलेका छन् । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया