लाङटाङ पदमार्गमा एक जना बेलायती पर्यटकको ज्यान गयो

 चैत २४, २०८० शनिबार १०:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक जना बेलायती पर्यटकको ज्यान गएको छ । बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोलाको झोलुङ्गे पुल क्षेत्रमा बेहोश अवस्थामा भेटिनुभएको थियो । बेहोश पाउललाई उद्धार गरी काठमाण्डौको मेडिसिटी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।     

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया