एमाले प्रतिनिधि परिषद् बैठकमा झन्डै २ हजार ५ सय जना सहभागी हुने

 बैशाख ७, २०८१ शुक्रबार १८:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको भोलि र पर्सि हुने प्रतिनिधि परिषद् बैठकमा झन्डै साढे दुई हजार जना सहभागी हुने भएका छन् । पहिलो पटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय कमिटी, आयोजकलगायत गरी दुई हजार चार सय ५४ जना सहभागी हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम रहेको एमालेले जनाएको छ । यस्तै एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औँ वर्षका उपलक्ष्यमा यही वैशाख १० गते हीरक महोत्सव आयोजना गर्ने जनाएको छ ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया