आईपीएल क्रिकेटमा आज दिल्ली र मुम्बई तथा लखनउ र राजस्थान खेल्दै

 बैशाख १५, २०८१ शनिबार १२:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

यो खेल दिउँसो पौने ४ बजे दिल्लीमा शुरु हुनेछ । दिल्ली ९ खेलमा ८ अङ्कका साथ तालिकाको छैटाैँ र मुम्बई ८ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।

आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र शीर्ष स्थानको राजस्थान रोयल्स खेल्दैछन् । खेल लखनउमा हुनेछ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ । त्यस्तै समान ८ खेलमा लखनउ १० अङ्कका साथ चौथो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया