वायु प्रदूषणले बालबालिका र महिलामा स्वास्थ्य जोखिम बढायो : अध्ययन

 बैशाख १६, २०८१ आइतबार १२:१२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – वायु प्रदूषणका कारण बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ । 'सेभ द चिल्ड्रेन' ले गरेको अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या बढेका छन् ।

यस्ता बालबालिकाको वृत्ति विकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत घट्न थालेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 'सेभ द चिल्ड्रेन' का सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लामध्ये काठमाण्डौ र सप्तरीमा अध्ययन गरिएको बताउनुभयो ।

यसैबीच आज बिहान पनि काठमाण्डौ उपत्यका विश्वका प्रदूषित शहरको पहिलो नम्बरमै रहेको छ । देशभर बढेको डढेलो र सुक्खा तथा धुलोका कारण केही दिनदेखि काठमाण्डौ उपत्यकासहितका शहरमा वायु प्रदूषण बढेको छ । अहिले पनि देशका एक सयभन्दा धेरै ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया