स्कटल्याण्डले चखायो शीर्ष स्थानको इंग्ल्याण्डलाई ६ रनको हारको स्वाद

 जेठ २८, २०७५ सोमबार ७:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा रहेको इग्ल्याण्ड एसोसियट देश स्कटल्याण्डसँग पराजित भएको छ । आफ्नै देशमा आएको पाहुना टोली इंग्ल्याण्डलाई स्कटल्याण्डले ६ रनको हार चखाएको हो ।

इडिनबर्गमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ४८ ओभर ५ बलमा अलआउट हुनुअघि ३ सय ६५ रन मात्र बनाउन सक्यो ।  स्कटल्याण्डले ६ रनको रोमाञ्चक जित हात पार्‍याे। 

इग्ल्याण्डका जोनी बे्रष्टोले ५९ बलमा शतक बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले १२ चौका र ६ छक्का प्रहार गरेका थिए ।

इंग्ल्याण्ड ३ विकेट गुमाएर २ सय २० रन बनाउँदै बलियो अवस्थामा रहे पनि स्कटल्याण्डका मार्क वाट र अलास्दिर इभान्सलेलगातार विकेट लिएपछि इंग्ल्याण्ड थप ५६ रन जोड्न ४ विकेट गुमायो । इंग्ल्याण्डका एलेक्स हल्स ५२, लियम प्लंकेटले ४७ र मोइन अलीले ४६ रनको योगदान गरे । स्कटल्याण्डका मार्क वाटले ३ तथा अलास्दिर इभान्स र रिची बेरिङटनले २–२ विकेट लिए । 

स्कटल्याण्डका कलुम म्याकलियोडले १४० रन बनाएका थिए । विष्फोटक ब्याटिङ गरेका उनले मात्र ९४ बलमा १६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, केल कोट्जरले ५८ जर्ज मुन्सेले ५५, म्याथ्यु क्रसले ४८ र रिची बेरिङटनले ३९ रन बनाएपछि स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ७१ रन बनाएको थियो । इंग्ल्याण्डका अदिल रसिद र लियाम प्लंकेटले २–२ विकेट लिए ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया