शिक्षिकाको कुटाईबाट ३ वर्षीया बालिका घाइते

 मंसिर १४, २०७५ शुक्रबार १०:४०:५७ | सुश्मा राजवंशी

झापा –  दमकमा रहेको एक निजी विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी शिक्षिकाको कुटपिटबाट घाइते भएकी छिन् ।  

ग्लोबल एजुकेसन एकेडेमीमा कक्षा नर्सरीमा अध्यनरत ३ वर्षीया आरुषी पन्थीलाई उनकै शिक्षिकाले नै निलडाम हुने गरी कुटपिट गरेको परिवारले जनाएको छ ।

विद्यालयबाट मावली घर आएपछि बालिकाको माइजूले स्कुुलको ड्रेस चेञ्ज गर्ने क्रममा निलडाम घाउ देखेपछि मामाले स्कुलमा पुगेर एक शिक्षकसँग सोधपुछ गरेका थिए  । तर,सोधपुछका क्रममा ती शिक्षिकाले घटनाबारे कुनै प्रतिकृया नदिएपछि आफूले उपचारका लागि अस्पताल ल्याएको मामा विक्रम केसीले बताउनुभयो । 

केसीका अनुसार कुटपिटबाट  घाइते बालिकाको दमकको निम्स अस्पतालमा उपचार भइरहेको छ ।  स्कुलका प्रिन्सिपल गुणराज अधिकारीले बालिकामाथि कुटपिटको घटना छनबिन गरी दोषी भेटिए कारबाही गर्ने बताउनुभएको छ ।

बलिकाको बुबाको पनि मृत्यु भइसकेको र उनकी आमा टिका पन्थी चिया पसल सञ्चालन गरी जीविका चलाउँदै आउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया