पति र एक हात गुमाएकी सुत्केरीलाई कांग्रेस प्रवक्ता शर्माले किनिदिए घर बनाउने जग्गा

 मंसिर १४, २०७५ शुक्रबार १९:५७:१० | सुश्मा राजवंशी
unn.prixa.net

पति र एक हात गुमाएकी सुत्केरी देवी मेचे

झापा – सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्नु भएकी झापा मेचीनगरकी देवी मेचेको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिनु भएको छ ।

मेचीनगर–१०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आउनु भएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । दुई सन्तानकी आमा देवीले १२ वर्षअघि करेन्ट लागेर दाहिने हात समेत गुमाउनु भएको थियो । बच्चा अाजकै दिन एक महिनाकाे भएकाे छ ।

एक हातले मात्र जीवन चलाउँदै आउनु भएकी अति विपन्न परिवारकी देवीको पहिलो सन्तान ४ वर्षको छ भने वृद्ध अवस्थाकी सासूआमा पनि आँखा नदेख्ने अवस्थामा हुनुहुन्छ । ‘सुत्केरी अवस्थामा पोषिलो खानेकुरा समेत खान नपाई एक हातले नाबालकको हेरचाह गरिरहको देख्दा सारै पीडा भयो, त्यसैले उनको जीवन सहज बनाउन केही गर्न मन लागेर घर बनाउनका लागि प्रयास शुरु गरेको छु’, कांग्रेस प्रवक्ता शर्माले शुक्रबार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

मेचेको घर बनाउन मेचीनगर–९, कमल चोक पूर्वमा एक लाख मूल्यमा ७ धुर जग्गा खरिद गरिएको शर्माले बताउनुभयो । असाहय अवस्थामा रहनु भएकी मेचेलाई घर मात्र बनाएर पुग्दैन । घरमा चाहिने सबै सामाग्री र बालबच्चाको शिक्षाको समेत व्यवस्था गर्न देवी मेचीको संरक्षणका लागि अभियान सञ्चालन गर्न समिति नै गठन गरी स्थानीयहरु सक्रिय भएका छन ।

समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक विजय डालमियाले देवी मेचेको घरका लागि जग्गा प्राप्त भइसकेकाले अब तत्काल घर बनाउन समिति सक्रिय हुने बताउनुभयो । घर बनाउन र आवश्यक सामाग्री समेतको व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न संयोजक डालमियाले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया