ए डिभिजन लिगमा अाजदेखि छैटाैँ चरणका खेल

 मंसिर १८, २०७५ मंगलबार ७:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सहिद स्मारक ए डिभिजन अन्तर्गत मंगलबारदेखि छैटाैँ चरणका खेल हुँदैछन् । मंगलबार हुने दुई खेल मध्ये पहिलो खेलमा एपीएफ र न्यूरोड टिम खेल्नेछन् ।

एपीएफले एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार बेहोर्दै चार अंक बटुलेको छ भने छैठोैँ चरणसम्म आइपुग्दा एनआरटीले एक खेल बराबरी र लगातार हार बेहार्दै एक अंकमा सीमित छ ।

सातदोबाटोकाे एन्फा कम्पलेक्समा हुने खेलमा एनआरटी लिगमा पहिलो जितको खोजिमा रहनेछ भने यस अघिको खेलमा थ्रीस्टारसँग पराजय ब्यहोरेको एपीएफको लक्ष्य तीन अकं जोड्नु हुनेछ । 

दोस्रो खेलमा तालिकाको पाँचौँ स्थानमा रहेको नेपाल पुलिस र सरस्वती क्लब खेल्नेछ ।

नेपाल पुलिसले तीन खेलमा जित, एक बराबरी र एक हार बेहोर्दै १० अंक जोडेको छ भने सरस्वतीले भने ३ खेलमा हार २ खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ । 

अहिलेसम्म छैठौँ चरण सम्म आइपुग्दा अपराजित यात्रा कायम राखेको मनाङ १५ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने पहिलो खेलमा बराबरी र चार वटै खेलमा जित दर्ता गरेको आर्मी भने १३ अंक सहित दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया