त्रिभुवन विमानस्थल बन्दैछ चिटिक्क, प्रस्थान कक्षमा नयाँ कार्पेट (तस्बिरसहित)

 मंसिर २६, २०७५ बुधबार १८:३५:४२ | उज्यालो सहकर्मी

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चिटिक्क बन्दै गएको छ । विमानस्थलको बाहिरी भाग मर्मत र सुधारसँगै टर्मिनल भवनभित्र पनि सुधार र मर्मतको काम भैरहेको छ ।

आगमन तथा प्रस्थान कक्षमा यसअघि नै रंगरोगन, शौचालय सफाइ गरिनुका साथैनयाँ कुर्सी राखिएको छ । अहिले विमानस्थलको प्रस्थान कक्ष र एक्सरे रुममा नयाँ कार्पेट राखिएको विमानस्थल व्यवस्थापनले जनाएको छ । विमानस्थले फ्री वाइफाईको व्यवस्था पनि गरिसकेको छ ।

 

टर्मिनल भवन नजिकैको पार्किङलाई पनि केही दिनअघि नयाँ भवनमा सारिएको छ ।


तस्बिर  ः सुनिता भारद्वाजको फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया