मिलोस राओनिक ओपन टेनिसको तेस्रो चरणमा

 बैशाख २६, २०७५ बुधबार ९:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २६ – मिलोस राओनिक स्पेनमा जारी मड्रिड ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

क्यानेडियन खेलाडी मिलोसले ग्रिगोर डिमित्रोभलाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा पराजित गरे । जसमा मिलोसले ग्रिगोरलाई पहिलो सेटमा सात – पाँचले जित्दा दोस्रो सेट भने तीन – छ ले गुमाए । तेस्रो तथा अन्तिम सेटमा पुनरागमन गरेका मिलोसले ६ – तीनले जित्दै तेस्रो चरणमा पुगे ।

यस्तै, अर्को खेलमा विश्व बरियतामा छैटौँ स्थानमा रहेका हुवान मार्टिन डेल पोर्टोले बोस्नीयाका डामिर जुमहुरलाई दुई शून्यको सोझो सेटमा हराए । अर्जेन्टिनी खेलाडी डेल पोर्टोले पहिलो सेट छ तीनले जितेका थिए भने दोस्रो सेटमा पनि छ तीनको जित निकाल्न सफल भए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया