दाेस्राे टेस्ट: काेहलीकाे शतक, लायनकाे ५ विकेटसँगै पहिलाे पारीमा भारत ४३ रनले पछि

 पुस १, २०७५ आइतबार १२:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियामा जारी दोस्रो टेस्टको पहिलो पारीमा अष्ट्रेलिया ४३ रनको अग्रता लिएको छ । 

अष्ट्रेलियाका लागि ह्यारिस, फिञ्च र ह्याण्डसकम्बले अर्धशतकीय योगदान दिएका थिए जसमध्ये ह्यारिसले ७०, फिञ्चले ५० तथा ट्राभिस हेडले ५८ रन बनाए । 

बलिङतर्फ भारतका इशान्त शर्माले ४ तथा जसप्रित बुमराह, उमेश यादव र हनुमा विहारीले समान २–२ विकेट लिए ।

पर्थमा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले ३२६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले तेस्रो दिनको लञ्च समयपछिसम्म २८३ रनमात्र बनाउन सक्यो ।

अष्ट्रेलियामा जारी दोस्रो टेस्टको पहिलो पारीमा अष्ट्रेलिया ४३ रनको अग्रता लिएको छ। 

अष्ट्रेलियाका लागि ह्यारिस, फिञ्च र ह्याण्डसकम्बले अर्धशतकीय योगदान दिएका थिए जसमध्ये ह्यारिसले ७०, फिञ्चले ५० तथा ट्राभिस हेडले ५८ रन बनाए । 

बलिङतर्फ भारतका इशान्त शर्माले ४ तथा जसप्रित बुमराह, उमेश यादव र हनुमा विहारीले समान २–२ विकेट लिए ।

पर्थमा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले ३२६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले तेस्रो दिनको लञ्च समयपछिसम्म २८३ रनमात्र बनाउन सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक १२३ रनको विशाल योगदान दिए । त्यस्तै रहानेले ५१ रन जोडे ।

बलिङतर्फ नेथन लायोनले सर्वाधिक ५ विकेट लिन सफल भए । त्यस्तै स्टार्क र हेजलवुडले समान २–२ विकेट लिए ।

अहिले अष्ट्रेलियाले दोस्रो पारीको ब्याटिङ सुरु गरिसकेको छ । चियाको समयसम्म अष्ट्रेलिया १२ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ३३ रन बनाएर खेलिरहेको छ भने भारतसँगको अग्रता ७६ रनको छ । 

एरोन फिञ्च ३० बलमा २५ रन बनाए पछि रिटायर्ड हर्ट भएका कारण उनको ठाउँमा उष्मान खवाजा ब्याटिङका लागि क्रिजमा छन् ।
 

 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया