साप्ताहिक शेयर समीक्षा: साधारण सभाका लागि अधिकांश वाणिज्य बैंककाे बूक क्लोज

 पुस २०, २०७५ शुक्रबार २०:१८:३ | ज्याेति दाहाल

विगत केही समयदेखि शेयरबजारमा आएको गिरावटलाइ सम्बोधन गर्न सरकारले केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित मुद्राबजार तथा पूँजीबजार अध्ययन समितिले दिएको प्रतिवेदनमा तत्काल कार्यान्वयन गर्न सकिने विषयमा ती निकायबाट गरिनुपर्ने कार्य सम्बन्धमा निर्देशन परिपत्र आएको छ ।

केन्द्रीय बैंकको दायित्वमा परेका विषयमा आउनुपर्ने निर्देशन/परिपत्र आइसकेको छ भने धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र केन्द्रीय निक्षेपकको तर्फबाट गरिनुपर्ने कार्यका सम्बन्धमा बोर्ड आफैले गर्नुपर्ने र मातहत निकायबाट गरिनुपर्ने विषयमा बोर्डले ती निकायलाई परिपत्र/निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैंकले शेयर धितो कर्जा मूल्यांकनको सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत, शेयर धितो कर्जामा प्राथमिक पूँजीको २५ प्रतिशत बराबर मात्र गर्न पाउने व्यवस्थाको सट्टा ४० प्रतिशतसम्म  प्रवाह गर्न पाउने, शेयर कर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट १ सय प्रतिशत कायम गर्न निर्देशन जारी गरिसकेको छ र निर्देशन बमोजिम कतिपय बैंक/वित्तले शेयर धितो कर्जा दिन थालेका छन् ।

कारोबारमा उल्लेख्य भूमिका निर्वाह गर्ने अधिकांश वाणिज्य बैंकले लाभांश घोषणा गर्दै साधारण सभाको लागि शेयरधनी पुस्तिका (बुक क्लोज) बन्द गरिसकेका छन् ।

कारोबारमा उल्लेख्य स्थान लिने नबिल बैंकले भने अहिलेसम्म साधारणसभाको मिति घोषणा गरेको छैन । संचित घाटाबाट उत्रेको जेठो नेपाल बैंकले यसपटक लाभांशसहित वा रहित साधारणसभा गर्ला भनेर लगानीकर्ताहरु व्यग्रतापूर्वक पर्खिरहेका छन् ।

लाभांश बाँड्न सक्ने हैसियत बनाएको भए पनि भर्खर मात्र संचित घाटाबाट उत्रेको हुँदा केन्द्रीय बैंकले यसपटक लाभांश बाँड्न रोक लगाउला कि भन्ने संशय भने कायमै छ ।

त्यस्तै निकै महत्वका साथ हेरिएको प्रभु बैंकले पनि लाभांश घोषणा गरेको छैन । 

नेपाल स्टक एक्सचेन्जले जडान गरेको इन्टरनेटमा आधारित विद्युतीय स्वचालित कारोबार प्रणालीको लागि युजरनेम र पासवर्ड लिने कार्य धमाधम शुरु भएको छ ।

नेप्सेले विज्ञप्ति जारी गरी अनलाइन कारोबारका सन्दर्भमा भएका दुविधालाई प्रष्ट पारेको छ । बैंकिंग प्रणालीसँग आबद्ध गराउन केही समय लाग्ने हुँदा त्यतिन्जेलसम्म कारोबार सदस्य ९दलाल० बाट कारोबार सीमा ९लिमिट० लिएर कारोबार गर्नुपर्ने बताएको छ ।

सूचक र बजार पूँजीकरण 

यस हप्ता बजार पुरै ५ दिन खुलेको थियो । यस साता कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम १२०४.५४, न्यूनतम ११७८.०१ र बन्द हुँदा ११७८.०१ अंक कायम भएको थियो । 

बजार पूँजीकरण १४ खर्ब, ८ अर्ब, १४ करोड, ७३ लाख ९० हजार कायम भएको छ । गएके हप्ता बजार पूँजीकरणमा चौथो स्थानमा उक्लेको नेपाल लाइफ यस हप्ता पाँचौ स्थानमा झरेको छ । गएके हप्ता पाँचौँ स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक चौथो स्थानमा उक्लेको छ ।

एभरेष्ट बैंक यस हप्ता पनि छैठौं स्थानमा कायम रहेको छ । उच्च बजार पूँजीकरण भएका अन्य कम्पनीमा हिमालयन, एनआईसी, नेपाल एसबीआई र एनएमबी बैंक क्रमशः रहेका छन् ।

यस साता सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 

यस हप्ता चौतारी लघुवित्तको साधारण शेयर सूचीकरण भएको छ ।

नयाँ शेयररहकप्रद

जारी भइरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

शिवश्री हाइड्रोपावरको शेयरमा सिन्धुपाल्चोक जिल्लाका साविक फूलपिंगकट्टी, मार्मिंग, गाती, मानेश्वाँरा, राम्चे, धुस्कुन, टेकनपुर र पांग्रेटारका स्थानीय वासिन्दाले आवेदन गर्न पाउनेछन् ।  

लाभांश घोषणा

नेप्सेमा सूचिकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेका छन् ्र कतिपय कम्पनीले साधारणसभा समेत सम्पन्न गरेका छन् ्र घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह 

विकास बैंक समूह 

लघुवित्त समूूूह

वित्त, बीमा र दूरसञ्चार 

साधारणसभा र बुक क्लोज 

कम्पनीहरुले लाभांश घोषणा सँगसँगै साधारणसभा समेत सुरु गर्न थालेका छन् । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ । 

नियुक्ति, राजिनामा र मनोनयन

आरम्भ माइक्रोफ़ाइनान्सले पवनकुमार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । अपि पावर कम्पनीले बाँकी अवधिका लागि सिर्जना खड्कालाई संचालक मनोनयन गरेको छ ।

कुमारी बैंकका सर्वसाधारणतर्फका संचालक पुनाराम भण्डारीले राजीनामा गरेका छन् । बैंकले स्वतन्त्र संचालकमा गणेशप्रसाद पाठकलाई नियुक्त गरेको छ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले राजीनामा गरेका छन् । 

अन्य गतिविधि 

धितोपत्र बोर्डले पाँचथर पावर कम्पनी र ग्रीनलाइफ इनर्जीलाइ स्थानीय वासिन्दाको लागि साधारण शेयर जारी गर्न अनुमति दिएको छ ।
गुराँस लघुवित्तले सर्वसाधारणलाई शेयर जारी गर्न अनुमति मागेको छ । यसअघि नै हिमालय उर्जा विकास कम्पनी, सान्जेन जलविद्युत, रसुवागढी हाइड्रोपावर र गणपति माइक्रोफ़ाइनान्सले शेयर जारी गर्न अनुमति मागेका छन् ।

बोर्डले मिथिला लघुवित्तलाइ ५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति दिएको छ । सूर्य लाइफ इन्सुरेन्सले ७० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति पाए पनि अहिलेसम्म जारी गरेको छैन । 

अपि पावर कम्पनीले २०० प्रतिशत हकप्रद जारी गर्न पुनः आवेदन गरेको छ । एसियन लाइफ इन्सुरेन्स र मेरो माइक्रोफ़ाइनान्सले हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

एनआईसी एसिया बैंकले १० प्रतिशत एनआईसी एसिया ऋणपत्र जारी गर्न अनुमति मागेको छ । ऋणपत्रको रकम ४ अर्ब रहेको छ । ग्लोबल बैंकले ग्लोबल बैंक १० दशमलव ५ प्रतिशत ऋणपत्र २०८० जारी गर्न अनुमति मागेको छ ्र ऋणपत्रको रकम १ अर्व ५० करोड रहेको छ ।
  
वुटवल पावर कम्पनीले हिमताल पावर कम्पनीको १९ दशमलव ४ प्रतिशत शेयर किनेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया