वडा सदस्यकै घरमा महानगरले डोजर चलायो

 पुस २३, २०७५ सोमबार १८:७:४९ | सुमन गुरुङ

कास्की – पोखरा महानगरपालिकाले वडा सदस्यको घरसहित ३ वटा घर आज डोजर लागाएर भत्काएको छ । 

पोखरा महानगरपालिकाले वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ कै जमुना क्षेत्रीको घर भत्काएको हो । 

पोखरा महानगरपालिमा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलामा मापदण्डविपरीत घर बनाउनुभएको थियो । पटक-पटक घर नबनाउन सचेत गराउँदा पनि अटेर गरी बनाएकाले  महानगरले घर भत्काएको हो । 

घर भत्काउन गएको डोजरलाई रोक्न उहाँले धेरै प्रयास गर्नुभएको थियो । उहाँलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो । 

त्यस्तै महानगरपालिकाको पर्ती जग्गामा अनुमति नलिई बनाइएको पोखरा महानगरपालिका वडा नम्बर ५ धारापानीमा रहेको भरत लिगलको घर पनि आज नै महानगरपालिकाले भत्काएको हो ।

त्यस्तै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड भित्र बनाएको जमुना क्षेत्रीको घर पनि महानगरपालिकाले भत्काएको वडानम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया