वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
तनहुँ – तनहुँ, व्यास–७, छापथोकका सुमन गुरूङको दुवै मिर्गाैलामा समस्या आएपछि उपचारका लागि तनहुँ समाज हङकङले दुई लाख ५८ हजार ७ सय २० रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापा र पूर्व अध्यक्ष भिमबहादुर गुरूङले उक्त रकम सुमनकी आमा मिना गुरूङ र दिदी पविता गुरूङलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष गुरूङले संस्थाले तनहुँ जिल्लाको सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै आएको बताए ।
तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापाले संस्थाले तनहुँबासीको दुख पीडामा हङकङमा बसेका नेपालीसँग पुलको काम गर्दै आएको बताए ।
सहयोग रकम हङकङमा बस्दै आएका दिपक गुरूङ, जसमाया गुरूङ र माया थापाको समन्वयमा संकलन गरिएको हो ।
तनहुँ समाज हङकङले तनहुँ जिल्लाका अपाङ, दृष्टिविहीन र शारीरिक अपांगता भएका विद्यार्थीलाई अक्षयकोष स्थापना गरेर सहयोग पु¥याउँदै आएको छ ।